add

कोशीमा माओवादी केन्द्रका तीन मन्त्रीले दिए राजीनामा






ActPro Nepal

|

२६ चैत, २०८०

|
117

काठमाडौं । कोशी सरकारमा रहेका माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्की छन् ।

केन्द्रको गठबन्धन अनुसार सत्ता गठबन्धनले प्रदेश सरकार गठनको तयारीको लागि कांग्रेस नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको हो ।

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.