add

कोटिभिटीविरुद्ध लागेको भ्याटछलीको मुद्दामा निजी क्षेत्रको आपत्ति






ActPro Nepal

|

२५ चैत, २०८०

|
106

काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । यस घटनामा नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज् (नास‐आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

हालसम्म गर्दै आएको कर व्यवहारको बर्खिलाप हुने गरी कानुनको व्याख्या गरेर सूचना प्रविधि क्षेत्रका उद्योगलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न हुनु दुखद् रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतिको कारबाही लागु गराउनु दुर्भाग्यपूर्ण छ’, विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने भन्दै गम्भीर हुन उनीहरुले सरोकारवालालाई आग्रहसमेत गरेका छन् ।

प्रचलित कर कानुन र व्यवहार भन्दा फरक गतिविधिले आफूहरुलाई चिन्तित बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो व्यवहारले नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्च्याई प्रविधि हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिस्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भीर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । नेपालको कर कानुन समान रुपमा लागू हुनुपर्ने र हरेक व्यक्ति तथा कम्पनी यसको परिधिभित्र रहनुपर्ने विषयमा भने आफूहरु प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।

‘तर, कर कानुनको गलत व्याख्या गरी÷गराई कसैलाई अनावश्यक तरिकाबाट कर लगाउनु, फौजदारी कारबाही चलाउनुले विस्तारै बढ्ने क्रममा रहेको आइटी उद्योग र यसले रोजगारी सिर्जना र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्याई यस्ता उद्योग तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएका यस्ता निर्णयले लगानीकर्तामाझ सकारात्मक सन्देश जाने पनि विज्ञप्तिमा उल्लेख छ । आईटी उद्योगको अधिकतम हितका लागि तथा कानुनी र नीतिगत स्पष्टता कायम गरी व्यवसायिक वातावरण बनाउनसमेत उनीहरुले अनुरोध गरेका छन् ।

राजस्व अनुसन्धान विभागले प्रविधि कम्पनी कोटिभिटीविरुद्ध भ्याट तथा पुँजीगत लाभकर छली गरेको आरोप लगाउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.