add

सपथ खाँदै लुम्बिनीका नयाँ मुख्यमन्त्री महरा






ActPro Nepal

|

२५ चैत, २०८०

|
59

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको सपथ खाँदैछन्। सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए। नयाँ बनेको गठबन्धनबाट पाँच दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री महराको आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ। बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी उनले गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.