add

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै






ActPro Nepal

|

२५ चैत, २०८०

|
55

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्दै छ। 

वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेले बैठक बोलाएको हो । 

कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक  च्यासलमा बिहान साढे ११ बजे बस्ने छ। 

बैठकले प्रतिनिधि परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ। यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचार शैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए। 

महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उप-महासचिव, सचिवहरु र कार्यालय सचिव रहने व्यवस्था छ। 

केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधि परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्तिम रुप दिने एमालेको तयारी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.