add

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को फराकिलो हार






ActPro Nepal

|

२३ चैत, २०८०

|
78

काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ । शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो।

नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए। विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट भए। 

नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६-६ रनमा आउट भएका थिए।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.