add

विद्यालय आफैंले पाठ्यपुस्तक, पोशाक बिक्री गर्न र तोकेकै ठाउँमा मात्रै किनाउन नपाउने






ActPro Nepal

|

२३ चैत, २०८०

|
90

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी बिक्री गर्न ठाउँ तोक्ने र तोकिएको ठाउँमा मात्र खरिद गर्न बाध्य गर्न नपाउने भएका छन्।

शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुनविपरीत नगर्न सचेत गराएको महानगरपालिकाले जनाएको हो। महानगरपालिकाका अनुसार सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्।

यस्तै, सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्। अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने महानगरले बताएको छ। यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरले भुक्तानी नगर्ने समेत व्यहोरा परिपत्रमा उल्लेख छ।

महानगरपालिकाले भनेको छ,‘विद्यार्थीहरूलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाक, स्टेसनरी लगायत सामग्रीहरू खरिद गर्न बाध्य गराउन पाइनेछैन, यस्ता सामग्री विद्यालयबाट विक्री गर्न समेत पाइनेछैन।’

विद्यालयहरूले यसविपरीत कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, स्टेशनरी लगायतका सामग्रीहरू विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरूलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.