add

झिनो लक्ष्यमा पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित






ActPro Nepal

|

२१ चैत, २०८०

|
132

काठमाडौं । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो ।

नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६ रन, विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भए । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.