add

नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू, यस्तो छ शुल्क






ActPro Nepal

|

२१ चैत, २०८०

|
257

काठमाडौं । नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिए ।

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।

सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ ।

बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

के हो आलाकार्टा शुल्क प्रणाली ?

आलाकार्टा शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो ।

यसबाट उपभोक्तालाई न्याय हुने अपेक्षा गरिएको छ किन भने यो प्रणाली लागू नहुँदा आफूले नहेर्ने र अनावश्यक च्यानल सहितको प्याकेजका लागि समेत ग्राहकले शुल्क तिर्नुपर्ने हुन्छ । छिमकी देश लगायत विश्वका धेरैजसो मुलुकमा यो प्रणाली प्रचलनमा रहेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.