add

सांग्रीला क्लब विराट गोल्डकपको सेमिफाइनलमा






ActPro Nepal

|

२० चैत, २०८०

|
81

मोरङ । घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार साँझ विराटनगरको सहिद रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबलाई ३–२ ले हराउँदै सांग्रीला सेमिफाइनलमा पुगेको हो।

अब सांग्रीलाले सेमिफाइनलमा एपिएफ र चर्च ब्वाइज युनाईटेडबीच हुने विजेता टिमसँग खेल्नेछ।

सांग्रीलालाई जित दिलाउने क्रममा आशिष चापागाई, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे भने थिम्पुकासोरब दोर्जे दुई गोल गरे।

२६औं मिनेटमा विवेक पौडेलको कर्नरमा आशिष चापागाइले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ३३औं मिनेटमा सुशील राईले हेडमार्फत नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको संग्रीलाले दोस्रो हाफको सुरुआमै तेस्रो गोल ग¥यो। ५०औं मिनेटमा स्याङले गोल गरे।

३ गोलले पछि परेको थिम्पूका लागि ६५औं र ७४औ मिनेटमा सोरबले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे। तर त्यसपछि गोल नहुँदा घरेलु टिम विजयी भयो।

हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए। यता, सांग्रीलाका प्रशिक्षक रानु रानामगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.