add

जीतपुर सिमरा गोल्डकप चैत २४ गतेदेखि






ActPro Nepal

|

१९ चैत, २०८०

|
149

काठमाडौँ । जीतपुर-सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि हुने भएको छ । 

सिमरामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिता सिमरा रंगशालामा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। 

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, एपिएफ क्लब, मकवानपुर–११ हेटौँडा, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। 

प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही २५ हजार तथा उदीयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.