add

सातै प्रदेशमा नेपाल एसबिआई बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम






ActPro Nepal

|

१४ चैत, २०८०

|
124

काठमाडौं । नेपाल एसबिआई बैंकले पनि विश्व वित्तीय सप्ताहको अवसरमा विभिन वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग्त ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । बैंकले सातै वटा प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरू लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.