add

चैत ४ गते आइतवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

४ चैत, २०८०

|
1132

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० चैत ४ गते | आइतवार १७ मार्च २०२४। फाल्गुण शुक्लपक्ष अष्टमी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः१३ बजेपछि मिथुन।

आजको राशिफल

मेष : समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । तपाईंलाई लगानीको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ । परिवारिक सम्बन्धबाट साथ र सहयोग निरन्तर रहनेछ ।

मिथुन : समय राम्रो छ । धर्म र अर्थको क्षेत्रमा उत्साह बढ्नेछ । देशभित्र अवसरको सिर्जना हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेमममा खुशी मिल्नेछ ।

कर्कट : दिन सामान्य छ । परिवारले शंका गर्ने दिन छ । लगानी गर्दा सचेत बन्नुपर्ने दिन छ । मिठा कुरा गरेर आफूलाई बदनाम गर्नेसँग सचेत हुनुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने अपेक्षा गर्न सकिन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

सिंह : आजको समय राम्रो छ । लगानीका क्षेत्रबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक लगानीबाट फाइदा हुन्छ । परिवारले मर्म नबुझ्दा मनमुटाव हुनसक्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।

कन्या : समय राम्रो छ । अपेक्षा नगरेको आम्दानी हुनसक्छ । यात्रा गर्नुभए सफल र रमाइलो हुनेछ । परिवारको माया पाइने छ । प्रेममा हुनुहुन्छ भने सम्बन्ध सफल बन्नेछ । स्वदेशमै काम गर्ने अवसर मिल्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आजको समय राम्रो छ । एउटा गलत काम खोज्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत हुनु राम्रो हुन्छ । मातापिताको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु :  दैनिकी राम्रो छ । ठुलो उद्योगमा लगानी गर्नु फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक यात्रा गर्ने योग रहेको छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । साथीको माया मिल्नेछ ।

मकर : दिन राम्रो छ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । समाज सेवा गर्ने अवसर मिल्नेछ । सोचेको काम भने अधुरो बन्ने देखिन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ ।

कुम्भ : दिन सामान्य राम्रो छ । अचानक अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ । मानसिक चिन्ताले सताए पनि धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : समय राम्रो छ । श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा देखिएका समस्याको सुधार हुनेछ । सामाजिक क्षेत्रमा विरोधको आवाज सुन्नुपर्नेछ । आम्दानी भन्दा खर्च बढी हुने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.