add

सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् प्रस्ताव ?






ActPro Nepal

|

२ चैत, २०८०

|
109

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चैत २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा हुनेछ । कम्पनीले सभामा ५० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश लैजाने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यो पटक लाभांश सम्बन्धि कुनै प्रस्ताव रहेको छैन । सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म सेयरधनी रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.