add

महासंघका अध्यक्ष ढकालले भेटे यूएई र मङ्गोलियाका राजदूत, नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह






ActPro Nepal

|

३० फागुन, २०८०

|
78

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) र मंगोलियाका राजदूतसँग भेतवार्ता गरेकान छन् ।

ढकालले बुधबार यूएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका हसन् ।

उनले दुवै देशका राजदूतलाई नेपालमा लगानी प्रबद्र्धन गर्न आग्रह गरे । नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे ।

यूएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबइमा आयोजना भएको नेपाल दुबइ बिजनेस समिटको सफलताको लागि महामहिमलाई धन्यवाद दिए ।

उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा महामहिम अब्दुल्ला अल शम्सीले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे ।

त्यसैगरी, मङ्गोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.