add

सरकारले गर्यो श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा






ActPro Nepal

|

३० फागुन, २०८०

|
97

काठमाडौं । सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट आज सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताइएको छ ।

सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले गरेको सिफारिस अनुसार समस्याग्रस्त घोषणा गरेको जनाइएको छ ।

सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.