add

अब स्थानीय तहले पनि बीमा नीति ल्याउन आवश्यक छ: अध्यक्ष सिलवाल






ActPro Nepal

|

२९ फागुन, २०८०

|
67

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब स्थानीय तहहरुले पनि बीमा नीति ल्याउन आवश्यक रहेको बताए ।

प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

उनले बीमाको विकास र विस्तारका लागि पनि स्थानीय सरकारले पनि बीमा नीति ल्याउन आवश्यक रहेको उनको भनाई छ । त्यसका लागि आवश्यक सहयोग प्राधिकरणले गर्ने अध्यक्ष सिलवालले बताए । ‘सरकारले राष्ट्रिय बीमा नीति ल्याएको छ, अब स्थानीय तहले पनि बीमाको विकास एवम् विस्तारका लागि बीमा नीति ल्याउनु आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’

सोही अवसरमा नागरिकहरूको घर तथा सम्पत्तिको पनि बीमा गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा बीमाको विकास र विस्तारका लागि उपमहानगरपालिकाले स्वास्थ्य र कृषि तथा पशुपन्छी बीमालाई समावेश गरेर कार्यविधि बनाएको कलैया उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी गराए । उलने घर बीमालाई समेत कार्यविधिमा समावेश गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व र आवश्यकता, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास तथा पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा गरेको, बीमाशुल्क तिरेको तथा नवीकरण गर्नुपर्ने मिति लगायतका बारेमा डिजिटल प्रविधि मार्फत बीमितलाई जानकारी दिने व्यवस्था बीमा कम्पनीले गर्नुपर्ने बताएका थिए ।

कम्पनीका शाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा दाबी भुक्तानी सहज एवम् सरल हुनुपर्ने उनीहरुको माग थियो । यस्तै बीमा सम्बन्धी प्रचार प्रसारलाई व्यापकता दिनुपर्ने लगायतका धारणा सहभागिहरुले राखेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.