add

नेपाली महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको नगद पुरस्कार






ActPro Nepal

|

२६ फागुन, २०८०

|
147

काठमाडौं । कृषि विकास बैंकले नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । बैंकका अनुसार उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो ।

२३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०÷१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.