add

भिजिट भिसामा यूएई हिँडेका तीन महिला फर्काइए, एजेन्ट हिरासतमा






ActPro Nepal

|

२६ फागुन, २०८०

|
53

काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका उनीहरुलाई फर्काइएको हो । सोधपुछपछि शंकास्पद देखिएकाले तेह्रथुम, अर्घाखाँची र चितवन महिलालाई फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

एजेन्ट भविलाल थापालाई प्रहरीले हिरासतमा राखेर सोधपुछ सुरु गरेको छ । । एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ ।

केही समय अघि भिजिट भिसामा नेपालीलाई पैसा उठाएर विदेश पठाउने गरेको अभियोगमा अध्यागमनका नौ अधिकृतसहितलाई प्रहरीले मुद्दा चलाएको थियो । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दुबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो । घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.