add

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, सेयरधनीलाई बोनस र नगद कति ?






ActPro Nepal

|

२१ फागुन, २०८०

|
150

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर बापत ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

फागुन २० गते बसेको संचालक समितिको बैठकले सो बराबरको लाभांश दिने प्रस्ताव गरेको हो । अब उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्नेछ । प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.