add

घर किन्न सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने






ActPro Nepal

|

२१ फागुन, २०८०

|
75

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकको ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षका लागि स्थिर ब्याजदर ९.९९ प्रतिशतमा घरकर्जा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदर भन्दा १ प्रतिशतबढीको प्रिमियमदर लागू हुने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत कर्जा लिँदा कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.