add

२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

२० फागुन, २०८०

|
79

काठमाडौं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ बढेको छ । साताको अन्तिम कारोबार दिन ६०० रुपैयाँले बढेको सुनको भाउ आइतबार एकैदिन २ हजार रुपैयाँले बढेको हो ।

अमेरिकी कमर्श डिपाटमेण्टले हालै सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको बिश्लेषकहरुले बताएका छन् ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ८२ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.