add

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता, चार हजार बढीको सहभागिता






ActPro Nepal

|

१७ फागुन, २०८०

|
71

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढि मानिसहरूलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।

बैंकले बागमती प्रदेशको भक्तपुर, मध्यपुर ठिमी नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ७०० भन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ।

त्यसैगरी, गण्डकी प्रदेश अन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी सहभागिता रहँदा लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १,८०० भन्दा बढी सहभागिता थिए।

साथै, सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बाजुराको बढीमालिका नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७५० भन्दा बढी लक्षित वर्गको सहभागिता थियो।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.