add

सर्वोत्तम सिमेन्टको प्राथमिक आईपीओमा १९ गुणा बढी आवेदन, ९५ प्रतिशतले नपाउने






ActPro Nepal

|

१७ फागुन, २०८०

|
225

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा १९ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन बुधबार अपराह्न ५ बजेसम्म कुल १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० जनाले आवेदन दिएका छन् ।यो मागभन्दा १९.३२ गुणा धेरै हो ।

उनीहरुले कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यद्यपि, अन्तिम तथ्यांक आइ नसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

कम्पनीले सर्वसाधरणका लागि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा अधिक आवेदन परेकाले करिब ९५ प्रतिशत आवेदकले सेयर नपाउने देखिएकाे छ ।

बुक बिल्डिङबाट जारी भएको आइपीओ कम्तीम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार कम्पनीको आइपीओ जम्मा ५५ हजार ५२१ जना (५.५ प्रतिशत)लाई मात्रै बाँड्न पुग्छ ।  साढे ९लाख बढी आवेदकको हात रित्तै हुने देखिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.