add

गुगलले भन्यो–जिमेल बन्द हुने हल्ला ‘झुटो’






ActPro Nepal

|

१४ फागुन, २०८०

|
269

काठमाडौं । सामाजिक सञ्जाल एक्समा अहिले एउटा स्क्रिनशट विश्वव्यापी रूपमा भाइरल भइरहेकाे छ ।

त्यसमा गुगलले आउँदो अगस्टदेखि चर्चित ईमेल सर्भिस जिमेल बन्द हुने सूचना छ । सामाजिक सञ्जालमा जिमेल बन्द हुने हल्ला चलेपछि गुगलले ‘झुटो’ भएको बताएको छ । जिमेल नै बन्द गर्न लागेको खबर तीव्र रुपमा फैलिएसँगै गुगलले यस विषयमा सफाइ दिनुपरेको छ ।

गुगलले आफ्नो पेजमा यसबारेमा प्रष्टीकरण दिंदै जिमेल बन्द नहुने बताएको छ । उसले लेखेको छ- Gmail is here to stay. । जिमेल बन्द हुने हल्ला चलेका बेला एक्सका मालिक एलन मस्कले एक्समेल ल्याउने बताएका छन् । उनले एक्समै एक पोस्टको रिप्लाई गर्दै एक्समेल चाँडै ल्याउने भनेर लेखेका छन् ।

के भन्छ गुगल ?

यो नक्कली स्क्रिनसट एक्स (ट्विटर) र टिकटकमा दसौँ हजार पटक शेयर भएका थिए । गुगलले आफ्नो एआई इमेज टुल जेमिनीको आलोचना खेपेपछि यो कदम उठाइएको दाबी गरिएको छ । झुठो इमेल इन्टरनेटमा भाइरल भएपछि जीमेलले एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट जीमेल अहिले बन्द नहुने बताएको थियो ।

यो वर्ष गूगलले जीमेलको एचटीएमएल भर्जनलाई भने बन्द गरेको छ । कम्पनीले २०२४ को जनवरीदेखि जीमेलको उक्त भर्जन बन्द भइसकेको बताइएको छ । स्ट्यान्डर्ड इमेल राम्ररी काम गरिरहेको छ । जीमेलको एचटीएमएल भर्जन कम नेटवर्क भएको स्थानमा ई–मेलमा पहुँचका लागि काम आइरहेको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.