add

कोरिया पठाइदिन्छु भन्दै ९ लाख ठग्ने एक जना पक्राउ






ActPro Nepal

|

१० फागुन, २०८०

|
122

काठमाडौँ । कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुसी बस्ने ३५ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो।

थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

उनले प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी रकम ठगी गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.