add

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग






ActPro Nepal

|

१० फागुन, २०८०

|
95

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले फागुन ९ गते बुधवार असहाय व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको कम्पनीले जन्मजात अथवा कुनै भवितव्यमा परि आफ्नो हात र खुट्टा गुमाएका व्यक्तिहरुलाई सहयोग प्रदान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.