add

जितपछि कुशल र आसिफले भने– नेदरल्यान्ड्सविरुद्धको जितको छुट्टै खुसी






ActPro Nepal

|

६ फागुन, २०८०

|
113

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले एसोसिएट्सको सबैभन्दा बलियो टिम नेदरल्यान्ड्समाथि ९ विकेटको जित फराकिलो जित निकाल्यो।

नेपालका जितमा दुई स्टार खेलाडी कुशल भुर्तेल र आसिफ सखेले महत्वपूर्ण भूमिका खेले। खेलमा कुशलले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दा आसिफले ब्याटिङ चल्यो। उनले अर्धशतक प्रहार गरे।

नेदरल्यान्ड्सलाई हराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुशलले नेदरल्यान्ड्स जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुःसी लागेको बताए। खेलमा नेपालका लागि कुशलले सर्वाधिक ४ विकेट लिए भने ११ बलमा २८ रन बनाए। उनी प्लेयर अफ दी म्याच पनि बने।

‘नेदरल्यान्ड जस्तो विश्वकप खेलिसकेको देशसँग यति राम्रोसँग जित हासिल गर्न पाउँदा खुसी लागेको छ। प्रदर्शन पनि ओभरलमा राम्रो भएको थियो,’ उनले भने।

कुशलले नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरे। उनले ७ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। २ वर्षदेखि निरन्तर बलिङ गरिरहेको र आज त्यसलाई एक्जिक्युट गरेको कुशलले बताए।

‘हामीले बलिङमा राम्रो गरेका थियौं, लक्ष्य सामान्य थियो, ड्रेसिङ रुममा पावर प्लेमा डोमिनेट गरेरे खेल्ने कुरा भएको थियो,’ उनले भने, ‘मैले त्यही अनुसार खेलेँ, अनिल र आसिफले त्यही गरे, जित निकै सहज बन्यो।’

त्यसैगरी आसिफ शेखले खेलहरुमा टसको भूमिका धेरै महत्वपूर्ण हुने भन्दै नेपालले सुरुमा टस जितेर सहयोग पुगेको बताए।

‘जति पनि खेलहरु हामीले खेल्छौं । त्यसमा टसले एकदमै ठूलो भूमिका खेल्छ । बिहानको अवस्था अलि चुनौतीपूर्ण हुन्छ । हाम्रो योजना त्यही थियो सुरुमा टस जितेर राम्रो खेल्न,’ उनले भने।

एकदिवसीयमा ११ अर्धशतक र १ शतक प्रहार गरेका आसिफले ब्याट या विकेट किपिङ जेबाट भएपछि टिमलाई योगदान दिने र जिताउने आफ्नो सिम्पल प्लान हुने बताए। आफू टिम हुनु र अनिल साह टिममा हुनुमा खासै फरक नभएको बताउँदै उनले दुवैको लक्ष्य टिममा कन्ट्रिब्यूट गर्ने जिताउने नै हुने बताए।

प्रदर्शन राम्रो नहुँदा पनि प्रोसेस फालो गर्नु महत्वपूर्ण भएको बताए। उनले प्रोसेसलाई फालो गरे रिजल्ट अवस्य आनउने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.