add

अफवाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जाने कृष्ण कँडेलको चेतावनी






ActPro Nepal

|

४ फागुन, २०८०

|
144

काठमाडौं । इन्द्रेणीका सञ्चालक कँडेलले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । दाबी गरिएजस्तो कुनै पनि कलाकारमाथि शोषण नगरेको उल्लेख गर्दै उनले उनले त्यसलाई कपोलकल्पित, निराधार र भ्रमपूर्णको संज्ञा दिएका छन् ।

‘मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य गरेको छैन। झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेसहितले आफूहरूलाई अपमानजनक रूपमा जागिरबाट निकालिएको गुनासो गरेपछि कँडेलले स्पष्टीकरण दिएका हुन् ।

उनले आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी पनि गरेका छन् । उनले इन्द्रेणी सञ्चालनका विषयमा संस्थामा आबद्ध अन्य कलाकारसँग बुझ्न सकिने बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.