add

शिखर इन्स्योरेन्सले कमायो २५ करोड बढी नाफा,पिएस पनि सुधार






ActPro Nepal

|

२९ माघ, २०८०

|
83

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ६ महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने १९.१७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले २१ करोड ७ लाख बढी नाफा गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.०३ प्रतिशत वृद्धि भई ५५ करोड १४ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २० करोड २७ लाख ५० हजार रुपैयाँ छ । यस्तै, कमिसन आम्दानी ३३ करोड १२ लाख र कुल आम्दानी १ अर्ब ९ करोड ७२ लाख रुपैयाँ छ । यता, कम्पनीको ६ महिनामा कुल खर्च भने ७३ करोड ९० लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा कम्पनीले ८९ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ४९ लाख र अन्य इक्विटी ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भई १८ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.