add

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट, हरेक दिन ५ जनाले उपहार पाउने






ActPro Nepal

|

२९ माघ, २०८०

|
112

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमाण्डुले ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ अफर ल्याएको छ । कम्पनीले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो ।

यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहक मध्येबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरूलाई लक्की ड्र मार्फत छनोट गरिनेछ ।

उक्त भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सिटी, अभाता र फूडमाण्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ ।

विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरू सङ्कलन गर्न सकिनेछ ।

यसका साथै ग्राहकहरूले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्री तथा आकर्षक कम्बो अफरहरू समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरूसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्यासब्याक अफरहरू समेत प्रदान गर्नेछ ।

फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले ग्राहकलाई लक्षित गर्दै योजना ल्याइएको बताइन् ।

‘हाम्रा आदरणीय ग्राहकहरूलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरू ल्याएका छौँ । आशा छ कि हाम्रा ग्राहकहरूले यो अफरलाई मन पराइदिनु हुनेछ र फूडमाण्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।’

यो योजना माघ २४ देखि फागुन २ गतेसम्म लागू हुनेछ । यसमा सहभागी हुन फूडमाण्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.