add

हिमालयन एभरेष्टको नाफामा ६३.७३ प्रतिशत छलाङ






ActPro Nepal

|

२८ माघ, २०८०

|
140

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ६३.७३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि दोहोरो अंकले बढेको छ ।

गत आवको दोस्रो त्रैमासमा ३६ करोड ८४ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने यो २७.५२ प्रतिशत बढेर ४६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । विशेष गरि कर्जा लगानीबाट हुने आम्दानीमा देखिएको बढोत्तरीले नै कम्पनीको खुद नाफा बढेको हो । समिषा अवधिमा कम्पनीको कर्जा लगानीबाट हुने आम्दानी सामान्य अर्थात् २.९१ प्रतिशत बढेर १८ करोड १३ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको कमिसन आम्दानी भने १३.१३ घटेको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५ करोड १६ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.२१ प्रतिशत बढेर ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ । तर, खर्च भने दोहोरो अंकले घटेको छ । समिक्षा अवधिमा कम्पनीको कुल खर्च ११.७२ प्रतिशत घटेर ५० करोड ९७ लाख रुपैयाँमा झरेको छ । खर्च घट्दा पनि कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ३१ करोड २२ लाख र अन्य इक्विटीमा ३० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ६ रुपैयाँ २४ पैसाले बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.