add

एशियन लाइफको वित्तीय सूचकहरुमा सुधार,नाफासँगै इपिएस पनि बढ्यो






ActPro Nepal

|

२८ माघ, २०८०

|
115

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ११.४५ प्रतिशत बढेर १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले १४ करोड ३४ लख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

६ महिनामा कम्पनीले ३ अर्ब ५७ करोड ९६ लाख ३२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन, गत आवको दोस्रो त्रैमासको तुलनामा ९.६१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब २६ करोड ५७ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको दावी भुक्तानी पनि ८.२३ प्रतिशत बढेर ४ अर्ब ४६ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको आम्दानी र खर्च दुवै बढेको देखिन्छ । सो अवधिमा कम्पनीको कुल आम्दानी ९.६३ प्रतिशत बढेर ५ अर्ब ५९ करोड २५ लाख रुपैयाँ पुगेको छ।

यता, कुल खर्च भने ३.५६ प्रतिशत बढेर ५ अर्ब ८ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ती कोषमा २१ करोड ३ लाख बढी राखेको छ । यस्तै, रिटेन्ड अर्निङमा ४४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने सामान्य बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ ९३ पैसा कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.