add

सजिलो डिजिटल नम्बर प्लेट प्रणाली 'कताहो' सुरु






ActPro Nepal

|

२६ माघ, २०८०

|
230

काठमाडौं । ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली आजदेखि सञ्चालनमा आएको छ ।

बुधवार क्यान इन्फोटेक २०२४ को उद्दघाटन समारोहमा सो प्रणालीको शुभारम्भ गरिएको हो । रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो प्रणालीले नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको हो ।

यसले ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने नेपाल सरकारको ठूलो धनरासी बचत हुने बताइएको छ । कम्पनीका अनुसार शहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बरसमेत यस्तो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिनेछ ।

यस्तो प्रणाली व्यक्ति, उद्यमी, डेलिभर कम्पनी, राइड सेयरिङ कम्पनी, आपत्कालीन सेवा, सरकारी निकायलगायत धेरैलाई उपयोगी हुने पनि कम्पनीको दाबी छ ।

बोलेर अरूसँग स्थान सेयर गर्न सकिने, आपत्कालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने, घरका साथै देशका जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने, ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षरसमेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने, स्थानीय तहले सजिलो र छिटोछरितोरूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सक्ने, सार्वजनिक सम्पत्ति, सम्पदाजस्ता संरक्षण क्षेत्र छुट्याई अभिलेख राख्न सकिने, जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने, सरकारी तथा सबै प्रकारका ‘केवाइसी’ फारममा उल्लेख गर्न सकिने ठेगाना कोड तयार हुने भएकाले खर्च र समय दुुवै बचत हुने कम्पनीको भनाइ छ ।

यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ। उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने अपेक्षा गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.