add

पूर्व डीआईजी छबिलाल जोशीको घरमा प्रहरीको छापा






ActPro Nepal

|

२५ माघ, २०८०

|
206

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ ।

उनको शंखमूलस्थित घरबाट पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको छ । जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राई फरार छन् । उनीहरु तीनै जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी छ । त्यही सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.