add

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार, यस्ता छन् मुख्य सूचक






ActPro Nepal

|

२३ माघ, २०८०

|
207

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफामा सुधार आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९१ प्रतिशतले बढेको हो ।

नेशनल लाइफले चालु वर्षको पुस मसान्तसम्म २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ३ करोड ६९ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष पुससम्म २१ करोड ८२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा बढेको हो ।

चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क संकलन ९.९९ प्रतिशतले बढेर ८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले बीमालेख धितोबाट ४४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य ऋण तथा लगानीबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

हाल ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा २ करोड ७८ लाख रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ६० करोड १८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.९ रुपैयाँबाट बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२१ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.