add

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा






ActPro Nepal

|

२३ माघ, २०८०

|
206

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। 

स्रोतका अनुसार राजीनामाको प्रक्रिया नपुगेको भन्दै प्रधानकार्यालयले डीआईजी चन्दको राजीनामा स्वीकृत नगरी फिर्ता पठाएको हो। डीआईजी चन्दले व्यक्तिगत कारण देखाउँदै शनिबार पदबाट राजीनामा दिएका थिए।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले चन्दलाई राजीनामा फिर्ता लिन सुझाव दिएको बुझिएको छ। आईजीपी कुँवरको सुझावपछि उनी केही दिन बिदा बसेको स्रोतको भनाइ छ।

उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। उनको कार्यकाल ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म छ।

केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। यद्यपि, उक्त घटनाका कारण आफूले राजीनामा नदिएको उनले बताएका थिए।

विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको‍ थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.