add

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२२ माघ, २०८०

|
110

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । गत बुधबारदेखि ओरालो लागेर लगातार ५७ अंकले घटेको नेप्सेले आज दोहोरो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७८ करोडले घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ । यो पछिल्लो २ महिना यताकै कम हो ।

सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ । यसदिन ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशतले बढेको छ ।

आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ५९ लाख रुपैयाँको २ लाख ६९ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल टेलिकम र पिपुल्स पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, समाज लघुवित्त र जोशी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.