add

६ महिनामा ६ अर्ब ५४ करोडको बीमा पोलिसी ‘सरेन्डर’, कुनको कति ?






ActPro Nepal

|

२२ माघ, २०८०

|
95

काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेन्डर (समर्पण/त्याग) गर्ने दर निरन्तर बढ्दै गएको छ। आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् ।

विगतमा नियमित रुपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन्। पछिल्लो समय बीमालेख सरेन्डर गर्नेको संख्या निरन्तर बढ्न थालेको तथाङ्कले देखाउँछ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु वर्षको (साउन-पुससम्म) १४ जीवन बीमा कम्पनीका ५३ हजार ११३ वटा पोलिसी सरेन्डर भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९ हजार ४०३ वटा धेरै हो। गत वर्षको पुससम्म ४३ हजार ७१० वटा बीमालेख सरेन्डर भएका थिए ।

रकममा आधारमा पुससम्म ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सरेन्डर सर्वाधिक देखिएको छ। पुससम्ममा नेपाल लाइफमा २ अर्ब ३४ करोड रुपैयाँको पोलेसी सरेण्डर भएको प्राधिकरणको तथ्यांक छ ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेस नेपाल (एलआइसी)को १ अर्ब ३९ करोड रुपैयाँ बढीको १० हजार १२४ वटा पोलिसी सरेन्डर भएका छन् ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको ५८ करोड बढीको ६ हजार ६०८, नेशनल लाइफको ४३ करोड बढीको ३ हजार ३७ वटा पोलिसी त्याग गरेका छन् ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सका ४ हजार ६१५, एशियन लाइफका ४ हजार ९००, सूर्यज्योति लाइफ इन्स्योरेन्सका २ हजार ५२८, मेट लाइफका २ हजार ५६, सानिमा रिलायन्स लाइफका ८७५, सिटिजन लाइफका १ हजार ९२ जना बीमितले पोलिसी त्याग गरेका छन् ।

पुससम्म आइएमई लाइफ इन्स्योरेन्सका ६५४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ४९०, रिलायबल नेपाल लाइफका ७८० जना र सन् नेपाल लाइफमा सबैभन्दा कम ३०७ वटा पोलिसी सरेन्डर गरेका छन् ।

आर्थिक स्रोतको आवश्यकता, अभिकर्ताको कारण र जथाभावी बीमा रकम राख्दा पोलिसी त्याग्नेको संख्या बढेको प्राधिकरण बताउँछ। कतिपय अवस्थामा अभिकर्ताले नै पोलिसी सरेन्डर गराइदिने गरेको समेत देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.