add

प्रभु महालक्ष्मी लाइफको मिड ट्रम विजनेस समिट






ActPro Nepal

|

२२ माघ, २०८०

|
271

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नारायणगढ, चितवनमा ‘मिड ट्रम विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कम्पनीका शाखा÷उपशाखा प्रमुखहरु, क्षेत्रीय÷उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईूले यस किसिमका विजनेस समिटले कम्पनीमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यकारी अधिकृत प्रसाईले दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने विश्वास लिए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पारे ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले जीवन बीमा व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुती रहेको थियो ।

कम्पनीका सहायक महाप्रबन्धक नमशसिंह देउजाले स्वागत मन्तब्य दिएको कार्यक्रममा भने सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा धन्यवाद मन्तब्य व्यक्त गर्दै गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.