add

नेप्से ५.३१ अंकले घट्यो, कारोबारमा पनि गिरावट






ActPro Nepal

|

२१ माघ, २०८०

|
128

काठमाडौं। साताको कारोबारको पहिलो दिन सेयर बजार ५.३१ अंकले घटेको छ। आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३१ अंकले घटेर २ हजार ६१.७० बिन्दुमा कायम भएको हो। 

यस दिन ३०७ कम्पनीको ३ अर्ब २१ करोड रुपैयाँ बढीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेकोे छ ।

आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५८ लाख रुपैयाँको ४ लाख ८६ हजार ३२५ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने महिला लघुवित्तका सेयरधनीले सर्वाधिक ५.३७ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.