add

सकियो क्यान इन्फोटेकको तयारी, माघ २५ बाट प्रदर्शनी






ActPro Nepal

|

१९ माघ, २०८०

|
170

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मुलुककै सबैभन्दा ठूलो प्रदर्शनी यही माघको अन्तिम साता आयोजना हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) यो सालको ‘क्यान इन्फोटेक’ माघ २५ गतेदेखि २९ सम्म सञ्चालन गर्ने भएको हो । बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर क्यानले उक्त मेलाबारे जानकारी गराएको छ ।

हरेक सालजस्तै यस पालि पनि इन्फोटेक मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । क्यान महासंघले आयोजना गर्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । क्या इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी हुने गरेको छ ।

प्रायोजक छनोट

महासंघले आसन्न प्रदर्शनिका निम्ति प्रायोजक छनोट भइसकेको बताएको छ । २९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।

यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकम÷एनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।

प्रदर्शनीलाई सफल रुपमा सम्पन्न गर्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।

मेलाको टिकेट इसेवामार्फत काट्‍ने सकिने छ । जसअन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रू. ५० रुपैयाँ शुल्क तोकिएको छ ।

यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सीस्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरीटी हेल्प डेस्कसमेत सञ्‍चालन गरिने क्यान महासंघले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.