add

‘देशको प्रतिष्ठित व्यवसायीलाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साहित बनायो’






ActPro Nepal

|

१९ माघ, २०८०

|
142

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ बारे नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको छ।

बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले चौधरी ग्रुपका सदस्य समेत रहेका चौधरीलाई पक्राउ गरेपछि नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले चौधरीलाई चोर फटाहा जसरी पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन्।

उनले भने, ‘देशको प्रतिष्ठित व्यवसायीलाई विना सूचना, विना जानकारी पक्राउ गरेको छ। त्यसमाथि मिडियामा एउटा चोर, फटाहालाई जसरी पक्राउ गरेको जस्तो समाचार आइरहेको छ।

उनी देशको प्रतिष्ठित व्यवसायी भएकोले बोलाउन सकिन्थ्यो। कसुर प्रमाणित भएमा पक्रन कसले रोकेको छ र? यहाँ त सिंगो व्यावसायिक संस्थाहरूकै मनोबल गिराउने उद्देश्यले सिधै पक्रन जाने अवस्था बन्यो। यसरी त निजी क्षेत्रको मनोबल कसरी बढ्छ?’

त्यस्तै, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाका अध्यक्ष गणेश कार्कीले सरकारको उक्त कदमले वैशाखमा हुन लागेको लगानी सम्मेलन बिथोलिने बताए।

उनले भने, ‘वैशाखमा सरकारले लगानी सम्मेलन गर्न लागेको छ। यसरी व्यवसायीलाई पक्राउ गर्दा सम्मेलन बिग्रन सक्छ। त्यसैले सरकारले छिटो भन्दा छिटो यो केसलाई सल्टाउनु पर्छ।’

चौधरी समूहले बाँसबारीमा रहेको छाला, जुत्ता कारखाना बन्द गरेर अवैध रुपमा सरकारी जग्गा व्यक्तिगत बनाएको आरोप लाग्दै आएको थियो। यसैबीच सिआईबीले चौधरीसहित, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको छ।

यो पनि

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
अरुण चौधरी पक्राउ प्रकरण: नाडाले गर्यो घोर भत्सना
‘देशको प्रतिष्ठित व्यवसायीलाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साहित बनायो’
अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.