add

पोखरा थिएटरमा माघ १८ बाट ‘धनिरामको गोरु’






ActPro Nepal

|

१७ माघ, २०८०

|
191

काठमाडौं । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा पोखरा थिएटरमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मञ्चन हुने भएको छ । 

पोखरा थिएटरमा १० दिनमा १२ सो मञ्चन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ।

प्रत्येक दिन बेलुका ५ बजे नाटक मञ्चन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन् । उनका अनुसार शनिबार १ बजे पनि नाटक मञ्चन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन् । पोखरामा नाटक मञ्चनलाई बढ्वा दिने उद्देश्य स्वरूप आफू र आफ्नो टीम अगाडि बढेको उनले उल्लेख गरिन् ।

नाटककार केदार नाथ पौडेलले धनिरामको गोरू विशुद्ध नेपालीपन कथा भएको उल्लेख गरे । उनले भने “धनिरामको गोरू आफ्नो पनको कथा हो । ग्रामिण समाज र त्यहाँको किशानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।” नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ । पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटक मार्फत उठाउन खोजिएको छ । प्रविधिको प्रयोग राम्रो सँग नगर्दा के कस्ता समस्या हुन्छन् विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए । पौडेलले पोखरेली नाटकलाई माथि उठाउन सबै एक हुनुपर्ने आवश्यक्तालाई औंल्याएका छन् ।

१ घण्टा १५ मिनेटको नाटक धनिरामको गोरू हेर्नका लागि टिकट काट्नुपर्ने छ । ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेर मात्र नाटक हेर्न पाइनेछ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ । पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।

नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भुमिकामा छन् । नाटकमा गुरुङ सङ्गै विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ । २०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मंचन गर्न लागेको हो ।

नाट्य विधा मार्फत समाजको मौलिकतालाई जोगाइराख्न पद्माप्रेम थिएटरको उदय भएको हो । एक दशक देखि मिडिया, शिक्षाक्षेत्र र रंगमंचमा चासो राखी सक्रिय रहेका महिलाहरूको संलग्नतामा पद्माप्रेम थिएटरको स्थापना गरिएको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.