add

यू–१९ विश्वकप : नेपाल आज बंगलादेशको सामना गर्दै






ActPro Nepal

|

१७ माघ, २०८०

|
111

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै एकआपसमा प्रतिस्पर्धा गर्न लागेको हो । यू–१९ विश्वकप इतिहासमा नेपालले तीनपटक पहिलो चरण गरेको छ । यसपटक देव खनालको कप्तानीमा रहेको नेपालले समूह ‘डी’को अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको सनसनी जित निकाली सुपर सिक्स स्थान पक्का गरेको हो । नेपालले एक दशकपछि अफगानिस्तानको युवा टोलीलाई हराएको हो । 

यू–१९ विश्वकपमा नेपालले बंगलादेशविरुद्ध आठ वर्षअघि प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै आयोजना भएको विश्वकपमा नेपाल पहिलोपटक क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रनको योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा बंगलादेशले ४८.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय १५ रन जोड्दै सेमिफाइनल स्थान पक्का गर्‍यो । दक्षिण अफ्रिकामा चलिरहेको यू–१९ विश्वकपमा नेपालका लागि कप्तान देवले ब्याटिङतर्फ स्तरीय प्रदर्शन गरेका छन् । अफगानिस्तानसँगको खेलमा उनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले तीन खेलमा एक सय १७ रन जोडेका छन् । यसैगरी अर्जुन कुमालले तीन खेलमा एक सय ६ रन बनाएका छन् । यसैगरी, दीपेश कँडेलले तीन खेलमा चार विकेट हात पारेका छन् ।

प्रतियोतिगामा आकाश चन्दको बलिङले निरन्तरता पाउँदा बंगलादेशका ब्याट्सम्यान धरापमा पर्न सक्छन् । आकाशले अफगानिस्तानविरुद्ध पाँच विकेट लिएका थिए । समग्रमा उनले तीन खेलमा नेपाली टोलीबाट सर्वाधिक आठ विकेट लिएका छन् । प्रतियोगितामा नेपालको ब्याटिङमा एकरूपता हुन सकेको छैन । बलिङमा नेपाली बलरले एकनाशको प्रदर्शन गरेका छन् । टेस्ट मान्यता राष्ट्रको बंगलादेशी युवा टोलीमाथि नेपाली युवा खेलाडीले दुवै पक्षमा गतिलो प्रदर्शन गर्ने अपेक्षा छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.