add

निर्जीवन बीमा कम्पनीले आर्जन गरे १९ अर्ब ४४ करोड शुल्क,कसको कति ?






ActPro Nepal

|

१४ माघ, २०८०

|
205

काठमाडौं । मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पुस महिनासम्म झन्डै १९ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नियामक निकाय बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ (साउन-पुस) महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ  रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत वर्षको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँले कम हो । गत वर्ष पुससम्म १४ निर्जीवन बीमा कम्पनीले मात्रै २० अर्ब ८ करोड २५ रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु वर्षमा १४ निर्जीवन बीमा कम्पनीले १९ अर्ब ३९ करोड र ३ निर्जीवन लघुबीमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा कम्पनी कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ । चालु वर्षमा ३ निर्जीवन लघु बीमा कम्पनी थपिए पनि व्यवसाय भने खुम्चिएको हो ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा शिखरको प्रिमियम ७.६० प्रतिशतले घटेको छ।

यस्तै, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले दोस्रो धेरै प्रिमियम संकलन गरेको छ । पुससम्म सलिकोले २ अर्ब ३४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत वर्षको तुलनामा यसको पनि व्यवसाय ४.९७ प्रतिशतले घटेको छ ।

प्राधिकरणका अनुसार पुससम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९७ करोड, हिमालयन एभरेष्ट १ अर्ब ६७ करोड, आइजीआई प्रुडेन्सियल १ अर्ब ६६ करोड, नेको १ अर्ब ६१ र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड पिूमियम संकलन गरेका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब २५ करोड, सानिमा जीआइसी १ अर्ब १५ करोड, प्रभु ९७ करोड, ओरेन्टल ९३ करोड, नेपाल इन्स्योरेन्स ७५ करोड, राष्ट्रिय बीमा कम्पनी ६९ करोड र नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ६१ करोड बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, लघुबीमा तर्फ नेपाल माइक्रोले २ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रो १ करोड ६५ लाख र स्टार माइक्रोले ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.