add

रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमा आवेदन दिने आज अन्तिम दिन






ActPro Nepal

|

१४ माघ, २०८०

|
144

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत् निष्कासन गरेको सेयरमा अवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत गानीकर्ताहरूका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६०० कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ मूल्य तोकेको छ । संस्थागत लगानीकर्ताले यही मूल्यको बीचमा बोलकबोल गर्न पाउने छन् ।

योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा बोलपत्र फाराम बुझाउनु पर्नेछ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट प्राप्त बोलकबोलबाट कम्पनीको सेयरको कट अफ मूल्य निर्धारण गरिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले क्रम्पनीको समयमै वित्तीय दायित्व बहन गर्न क्षमता पर्याप्त रहेको जनाउँदछ ।

रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीको मुख्य उद्योग ‘ए’ इँटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बी’ इँटहरी नगरपालिका वडा नं. ४ दुहावी, सुनसरीमा छ ।

कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम लगायत मुलुकमा निर्यात गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.