add

विदेशबाट फर्केका युवालाई नबिल बैंकले १० करोडसम्म ऋण दिने, १० वर्षलाई पाइने






ActPro Nepal

|

१२ माघ, २०८०

|
99

काठमाडौं । नबिल बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना ल्याएको छ । बैंकले प्रवासबाट फर्किएका नेपालीका लागि लक्षित गरी यो कर्जा कार्यक्रम ल्याएको हो ।


विदेशबाट सीप दक्षता र पूँजी लिएर फर्किएका व्यक्ति तथा उनीहरुको परिवारलक्षित कर्जा योजना ल्याइएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

आयमूलक व्यवसाय र उद्यम सुरु वा विस्तार गर्न यो कर्जा कार्यक्रमले सघाउने विश्वास उनले व्यक्त गरे ।

सस्तो ब्याजदर, न्यून सेवा शुल्क तथा परियोजनालाई नै धितो राखेर कर्जा पाइने बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जा योजनाअन्तर्गत आधार दरमा १.५ प्रतिशतमा कर्जा उपलब्ध गराइने छ ।

अधिकतम रु १० करोडसम्मको कर्जासीमा तोकिएको यो योजनामा विभिन्न चारवटा श्रेणीमा कर्जा रकम विभाजन गरिएको छ ।

यो कर्जा कार्यक्रमअन्तर्गत रु १५ लाखसम्मको कर्जा, रु १५ लाखदेखि एक करोडसम्म, रु १करोडदेखि रु ५ करोड र रु ५ करोडदेखि रु १० करोडसम्मको कर्जा रकम तोकिएको छ ।

यस्तो प्रकारको कर्जाको अवधि १० वर्षको रहने पनि बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.