add

प्रधानमन्त्री कपमा कर्णाली र नेपाल पुलिसबीचको खेल आज






ActPro Nepal

|

१२ माघ, २०८०

|
191

काठमाडौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एकमात्र खेल हुँदैछ । आजको एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ मध्ये सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, बागमती प्रदेश ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेश पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ ।

एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित सातौं स्थानमा झरेको छ ।

त्यसैगरी, गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.