add

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

११ माघ, २०८०

|
138

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तीन दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने ४०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ रहेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य बिहीबार २० रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार १५ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.