add

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

११ माघ, २०८०

|
142

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ १४ गते बुकक्लोज मिति तोकेकाे छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र करसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले माघ २५ गते ३०औं वार्षिक साधरण सभा बोलाएको छ । सो सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.